मलेसियाको राजधानी क्वालालम्पुरमा रेल दुर्घटना हुँदा २ सयजना भन्दा धेरै घाइते भएका छन्।
२ सय १३ जना यात्रुहरु बोकेर गएको मेट्रो रेल रित्तै अवस्थामा रहेको अर्को रेलसँग ठोक्किएको थियो। घाइते घाइतेमध्ये ४७ जनाको अवस्था गम्भिर छ भने बाँकी मानिसहरु सामान्य घाइते छन् ।
पेट्रोनास टावर्स नजिकैको सुरुङमा यी दुई रेलहरु ठोक्किएको प्रहरीले जनाएको छ। मलेसियाका प्रधानमन्त्री मुहयिदिन यासिनले दुर्घटना गम्भीर रहेको बताएका छन्। उनले यसको पूर्ण छानविनका लागि यातायत मन्त्रीलाई निर्देशन दिइएको बताएका छन्। क्वालालम्पुरमा मेट्रो रेल संचालमा आएको २३ वर्षमा यस्तो ठूलो दुर्घटना पहिलोपटक निम्तिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







