नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार राति इराक प्रस्थान गरेको गरेको छ।
इराकसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्सीय खेलाडीसहित ३५ सदस्यीय नेपाली टोली इराक प्रस्थान गरेका हो ।
कतार एयरवेजबाट नेपाली टोली इराक प्रस्थान गरेको हो। नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए। टोली जुन १२ मा स्वदेश फर्किने तालिका छ।
नेपाली राष्ट्रिय फुटबल टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की छन्। त्यस्तै, डिफेन्डरहरुमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास छन् । मिडफिल्डरहरुमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान छन्।
यसैगरि, फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







