बंगलादेश पहिलो पटक विश्वकप क्रिकेट सुपर लिगको शिर्ष स्थानमा


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०७८ मा प्रकाशित




तस्बीर: एजेन्सी

बंगलादेश विश्वकप क्रिकेट सुपर लिगको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

श्रीलंकाविरुद्धको तीन एक दिवसीय खेलको सिरिजमा २ खेलमा जित निकालेर सिरिज पक्का गर्दै बंगलादेश तालिकाको शीर्ष स्थानमा पुगेको हो।

सुपर लिगमा पहिलो पटक शिर्ष स्थानमा उक्लिएको बंगलादेशले श्रीलंकाविरुद्ध २ खेलमा उत्कृष्ट जित निकालेको हो। सुपर लिगमा बंगलादेशले ८ खेलमा ५ जित र ३ हारका साथ ५० अंक बनाउँदै शिर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा इंग्ल्याण्ड छ भने पाकिस्तान तेस्रो अष्ट्रेलिया चौथो स्थानमा छन्।

तीन वटै क्लवको समान ४० अंक भएपनि रन रेटका आधारमा इंग्ल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको हो। सुपर लिगको अंक तालिकामा भारत आठौं स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।