पेप गार्डीओलालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०७८ मा प्रकाशित




तस्बीर: एजेन्सी

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओला वर्षको उत्कृष्ट प्रशिक्षण घोषित भएका छन्।

इङ्ल्यान्डको लिग म्यानेजर्स एशोसियसनले उनलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड दिएको हो।

गार्डीओलाले ४ वर्षमा सिटीलाई ३ पटक प्रिमियर लिगको उपाधि जिताइसकेका छन् । यसै सिजन सिटीले काराबाओ कपको उपाधि पनि जित्यो । त्यस्तै, च्याम्पियन्स लिगको फाइनलमा शनिबार चेल्सीको सामना गर्दैछ।

उत्कृष्ट प्रशिक्षकको दौडमा लिड्सका मार्सेलो बिल्सा, नर्विच सिटीका डेनियल फार्के, चेल्सीकी महिला प्रशिक्षक इम्मा हायस, वेस्ट ह्यामका डेभिड मोयस र लेइस्टका ब्रेन्डन रोजर्स थिए।

कोरोनाले अति चुनौतीपूर्ण बनेको सिजनमा पनि आफ्ना खेलाडीहरु तथा टोलीका अन्य कर्मचारीले पूर्ण प्रतिवद्धताका साथ काम गरेको उनले बताए। ‘यो अवार्ड उनीहरुप्रति समर्पित गर्न र उनीहरुसँग बाँड्न चाहन्छु,’ उनले भने।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।