पोखरा । तनहुँमा ट्याक्टरबाट खसेर घाइते भएका एक युवाको उपचारका क्रममा मत्यु भएको छ ।
बुधबार तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकदेखि धमिकुना जानेक्रममा ट्याक्टरको पछाडी ढालाबाट खसेर गम्भीर घाइते भएका स्थानिय राजु पौडेलको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।
ग १ त ६८१८ नम्वरको ट्याक्टरको ढालाबाट खसेका पौडेललाई उपचारका लागि चरक हस्पिटल पोखरा ल्याइएकोमा उपचारकका क्रममा आज दिउँसो ३ बजेर ५० मिनेटमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







