आजदेखि ३० वटै मुद्दाको सुनुवाई संवैधानिक इजलासमा


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

संसद् विघटनसम्बद्ध परेको सबै ३० वटै रिटको सुनुवाई आज (शुक्रबार)देखि संवैधानिक इजलासमा हुँदैछ।

संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संसद विघटनसम्बद्ध रिटहरुको अन्तरिम आदेश दिन अश्वीकार गर्दै ति सबै मुद्दाहरुलाई सुनुवाइका लागि संवैधानिक इलासमा पठाउने आदेश दिएका हुन्।

बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्।

अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ आज (शुक्रबार) देखि संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।