मनाङमा बाढी आउँदा ४ टहरा र १ पक्की पुल बगायो


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित




मनाङमा लगातारको वर्षापछि स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ।

शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र १ पक्की पुल बगाएको छ भने २ किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ।

अनुसार बाढीले केही पक्की घरहरुको जग हल्लाएको र आँगन बगाएको मनाङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बाढीका कारण दर्जनौ घरहरु जोखिममा परेका छन्।

बाढिबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवन, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले त्यहाँ उद्दार गरिरहेको समाचार छ।

वर्षा जारी रहेकाले जोखिम अmभै बढ्नसक्ने प्रशाशनको अनुमान छ। बाढीले गत विहिबार तिमाङखोला र स्यार्कुखोलाको काठको पुल बगाएको थियो। पुल बगाउँदा बेसीशहर–चामे सडक खण्ड समेत अबरुद्ध बनेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।