तस्बीर : एजेन्सी
नेपाल महिला भलिबल संघले ३० जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।
फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबलका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।
महिला भलिबल संघले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसीपमा सहभागी खेलाडी मध्येबाट ३० खेलाडीलाई पहिलो पटक छनौट गरेर बन्द प्रशिक्षणमा बोलाइएको हो।
महिला टोलीका पूर्व प्रशिक्षक जगदिश भट्ट, प्रज्वलबहादुर सिंह र भलिबल संघकी उपाध्यक्ष निरोज मास्केको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरूमा प्रतिभा माली, अरुणा शाही, सरस्वती चौधरी, रेष्मा भण्डारी, कृपा अधिकारी, सुनिता खड्का, कामना विष्ट, सलिन श्रेष्ठ, सोफिया पुन, निरुता ठगुन्ना, उषाकुमारी बिष्ट, उषा भण्डारी, कमला पुन, पुनम चन्द, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, सृष्टि खड्का, संगम महतो, रिया कुवँर, रिमा कुँवर, पूजा चौधरी, झरना श्रेष्ठ, बाल्मिका आचार्य, मनिषा चौधरी, सरस्वती कट्टेल, शान्तिकला तामाङ, लक्ष्मी चन्द, हिरा केसी, र कविता भट्ट छन्।
छनोट समितिले ५ जना बैकल्पिक खेलाडी पनि बोलाएको छ। बन्द प्रशिक्षण २१ गतेबाट सुरु हुने भलिबल संघले जनाएको छ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमको मुख्य प्रशिक्षकमा जगदिस भट्ट नियुक्त भएका छन्। नेपाल भलिबल संघ (एनभीए)को हिँजो (शुक्रबार) बसेको भर्चुअल बैठकले उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लेकसाइडमा झै झगडा र कुटपिटमा संलग्न ९ जना पक्राउ परेका छन्…







