पहिरोमा पुरिएर तनहुँमा एक महिलाको मृत्यु


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

तनहुँ । तनहुँमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण घरमाथिबाट आएको पहिरोका कारण पुरिएर ब्यास नगरपालिका–१ निर्मलटोल बस्ने वर्ष ६५ की सरस्वती घर्तीको मृत्यु भएको हो ।


पहिरोमा पुरिएकी घर्तीलाई उपचारका लागि जिल्ला अस्पताल दमौली लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।