सबै सामाजिक सुरक्षाभत्तामा ३३ प्रतिशतले बृद्धि, बृद्धा भत्ता ४ हजार पुर्याउने घोषणा


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित




काठमाडौं । सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै सबै सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि गरेको बताए । उनले यो बृद्धिसंगै अव बृद्धाभत्ता ४ हजार पुगेको बताए । त्यसकालागि सरकारले एक खर्व विनियोजन गरेको छ ।

त्यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

मन्त्री पौडेलले बृद्धा अवस्थामा निशुल्क स्वास्थ्य जाँच र पोषण, बाल अवस्थामा निशूल्क शिक्षा, छात्रबृत्ति, पोशण र खोप र यूवा अवस्थामा स्वास्थ्य शिक्षा, रोजगारी लगायतको प्रत्याभूतिमा सरकार प्रतिवद्ध रहेको उद्घोष गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।