पोखरा । प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरिएकोप्रति कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५ पार्टीका नेताहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।
शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा रातारात विघटन गर्ने जेठ ७ गतेको राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको भर्त्सना गरेको जनाएका छन्।
विज्ञप्तिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति मनपति भण्डारी, नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष धर्म तमु, जसपा अन्नपूर्ण गाउँपालिका संयोजक हेमराज अधिकारी र बिवेकशिल साझा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पशुपति दाहालको हस्ताक्षर छ ।
कोरोना महामारीको समयमा एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य गरेको उनीहरुले आरोप लगाएका छन् ।
साथै प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नै नदिई आफूसंग संसदको विस्वास लिन सक्ने परिस्थिति नरहको भन्दै धारा ७६ ५ को प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध पेश गर्नु र राष्ट्रपतिले सोही धारा अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गर्नु आफैमा असंवैधानिक ठहर भएको जनाइएको छ ।
साथै प्रधानमन्त्री ओलीले संघिय लोकतान्त्रिक गणतन्त्रप्रति सुरुदेखि नै पूर्वाग्राह राख्ने र संवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अगाडी बढाएको आरोप लगाइएको छ ।
ओलीले विदेशी शक्ति केन्द्रहरुको इच्छा अनुसार नेपालमा अस्थिरता सृजना गर्ने योजना अनुसार यस्तो कदम चालिएको भन्दै सिक्किमिकरणको दिशामा लैजान उद्यत भएको आरोप लगाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






