इराकसँग मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ।
शनिबार इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल इराकसँग ६–२ ले हारेको हो।
इराकविरुद्ध पहिलो हाफमा ४–२ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल खायो। इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले २ गोल गरे। त्यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले १÷१ गोल गरे।
नेपालका मनीष डाँगीले १ गोल फर्काउँदा इराकका अहमेद इब्राहिम खलाफले १ आत्मघाती गोल गरेका थिए। मनीषले राष्ट्रिय टोलीबाट डेब्यु खेलमै गोल गर्न सफल भए।
नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो।
फिफा विश्वकप छनोटअन्तर्गत इराक समूह ‘सी’मा छ। इराक ५ खेल खेल्दै ११ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको बहराइन ९, इरान ६, हङकङ ५ र कम्बोडियाको १ अंक छ।
नेपालको भने विश्वकप छनोटको सम्भावना समाप्त भइसकेको छ। नेपाल समूह ‘बी’को चौथो स्थानमा छ। अष्ट्रेलिया शीर्ष स्थानमा छ। नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईपेसँग खेल्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







