संघीयता विरोधी प्रधानमन्त्री ओलीकै मुद्धामा मुख्यमन्त्री गुरुङपनि लतारिनुभयो : चुमान


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रधानमन्त्री केपी शर्मा ओलीको संघीयता विरोधी मुद्धामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङपनि लतारिएको आरोप लगाएका छन् । आईतबारदेखि शुरु भएको गण्डकी प्रदेश सभाको आठौं अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका चुमानले संघीयता पक्षधर मानिने गुरुङमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् ।

बजेट अधिवेशनको शुभारम्भको अवसरमा शुभकामना मन्तव्य राख्दै चुमानले भने,‘सरकार बनेको साढे २ वर्ष मुख्यमन्त्रीले संघीयताका लागि लड्नु भो, तर त्यसपछि भने प्रधानमन्त्रीको संघीयता विरोधी मुद्धामा उहाँपनि लत्रिदै लत्रिदै जानु भो ।’ उनले ओली संघीयता विरोधी पहिल्यैदेखि भएपनि त्यसबिरुद्ध लड्न मुख्यमन्त्रीले नसक्दा आफै लत्रिनुपरेको दाबी गरे ।

पूर्व आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेका चुमानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेसम्म प्रहरी प्रदेश सरकार मातहत नआउने ठोकुवासमेत गरे । उनले प्रधानमन्त्री ओलीकै कारण प्रदेश मातहत प्रहरी ल्याउन नसकिएकोसमेत उल्लेख गरे । प्रदेश प्रहरी ऐन बनेलगत्तै सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर प्रहरी समायोजन गर्न आग्रह गरेपनि प्रधानमन्त्रीले समायोजन नगरेको बताए । हुँदाहुँदा अहिले त प्रदेशमा गृह मन्त्रालयको रुपमा रहेको आन्तरिक मामिला मन्त्रालय नै गायब बनाइएको भन्दै उनले भने,‘हालका प्रधानमन्त्री केपी ओली भईञ्जेल प्रदेश मातहत प्रहरी आउँदैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।