तस्बीर : एजेन्सी
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा इराकसँग फराकिलो अन्तरले पराजित बन्यो ।
शनिबार राति भएको खेलमा नेपाल इराकसँग ६–२ गोलले पराजित भएको थियो । नेपाली टोलीमा लामो समयपछि ठूलो परिवर्तन ल्याएका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको हारको जिम्मेवारी आफूले लिने बताएका छन्।
उनले हारको विषयलाई लिएर खेलाडीहरुलाई गाली नगर्न समर्थकलाई आग्रह गरेका छन्।
प्रशिक्षक अल्मुताइरीले भने, ‘नेपाली समर्थकहरुले खेलाडीलाई दोष नदिनुहोला। यो हारको दोष मैले लिन्छु। राम्रो टिम एकै समयमा बन्दैन । राम्रोे दिम बन्नलाई अझै केही समय लाग्छ। पछि गएर यो टिम बलियो भएर निस्कन्छ।’
उनले आफूले तत्कालका लागिभन्दा धेरै पछिसम्मका लागि टिम तयार पारेको बताए ।
‘हाम्रो टिम उत्कृष्ट बन्छ । त्यसका लागि समय लाग्छ । केही समय धैर्य गर्नोस्, टिम उत्कृष्ट देखिन्छ,’ अलमुताइरीले भने।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







