पोखरा । एकल महिलाहरुको तत्कालिन सवालहरुलाई सम्बोधन गर्नका लागि मानव अधिकारका लागि एकल महिला,(एकलमहिला समूह)ले सरकारसमक्ष अपिल गरेको छ ।
समूहले सोमबार एक अपिलमार्फत एकल महिलाका सवालहरुलाई सम्बोधनका लागि ६ बुँदे माग राखेको छ ।
समूहले संविधानको धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हक, धारा ३५ स्वास्थ्य सम्बन्धी हक र धारा ३६ खाद्य सम्बन्धीको हकलाई प्रत्याभुती दिलाउन पनि सरकारसमक्ष अपिल गर्दै विज्ञप्ती जारी गरेको छ ।
विश्वव्यापी कोभिड–१९ का कारण भोकमरीविरुद्धको लडाईमा रहेका एकल महिलाहरु कोरोना भाइरस संक्रमिच भइ उपचारका क्रममा आर्थिक संकटमा पर्दै गइरहेको भन्दै एकल महिलाका सवालहरुलाई सम्बोधनका लागि तीनै तहका सरकारसमक्ष माग गरिएको एकल महिला समूह गण्डकी प्रदेश समितिका अध्यक्ष प्रमिला तझ्याले बताएकी छिन् ।
योग्यता, शिक्षा, रोजगारी तथा सम्पति माथिको न्यून पहुँच भएका एकल महिलाहरु अहिलेको अवस्थामा झन बढि जोखिममा पर्दै गएको भन्दै उनीहरुको निशूल्क पिसिआर परीक्षण गरि संक्रमित पाइएमा सरकारी तथा गैरसरकारी अस्पतालहरुमा निश्चित रकम छुट गराउन सरकार समक्ष माग राखेको छ ।
यस्तै गरिव तथा विपन्नताको जोखिममा परेका एकल महिलाहरुको पहिचान गरि स्थानिय निकायहरुले यथाशिघ्र राहात उपलब्ध गराउन, एकल महिला र तिनका आश्रित परिवारका सदस्यलाई खोप यथाशिघ्र राहात उपलब्ध गराउन तथा मनोसामाजिक परामर्स र एकल महिलाका आमा गुमाएका बालबालिकाको अभिलेखिकरण राखि उनीहरुको यथाशिघ्र पुर्नस्थापना लगायतका माग राखेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखरा–८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यले एक…





