संस्कृति संरक्षणका धरोहर मेनकाजी अस्ताए


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित




हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन भएको छ । मुटु सम्बन्धी समस्या रहेका ५८ वर्षिय गुरुङको गएराती पोखराको फिस्टेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पत्नीशोकमा परेको करीब तीन सातामै मेनकाजी अस्ताएका हुन् । उनकी धर्मपत्नी मीना गुरुङको गत बैशाख ३० गते कोरोनाका कारण मृत्यू भएको थियो । आफूपनि संक्रमित भएका मेनकाजीले त्यसबेला भने कोरोनालाई परास्त गर्न सफल भएका थिए ।

स्वर्गिय गुरुङको आजै पूर्वाह्न ११ बजे बौद्ध अर्घौं सदनमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।

पोखरामा एकछत्र राज गरेको हिमाली सांस्कृतिक परिवारका उनी एक्लो नेतृत्वकर्ता हुन् । उनको अगुवाईमा परिवारले कौरा, घाटु, रोधीलगायतका प्रस्तुती देश विदेशमा प्रदर्शन गर्दै आएको थियो ।

स्वर्गिय गुरुङका १ छोरा १ छोरी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।