तस्बीर : एजेन्सी
नेपालले अन्टर्राष्ट्रिय जुडो च्यम्पियन्सीप २०२१ मा सहभागिता नजनाउने भएको छ।
अन्तर्राष्ट्रिय जुडो च्याम्पियन्सीप आउँदो जुन ६ देखि १० सम्म हंगेरीमा हुँदैछ।
त्यसका लागि नेपालबाट इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्टले सहभागिता जनाउने तय भएको थियो।
तर, नेपाल जुडो संघले खेलाडीको तयारी राम्रो नभएका कारण सहभागिता नजनाउने भएको बताएको छ।
संघका अध्यक्ष दीपक बज्राचार्यले खेलाडीको तयारी राम्रो नभएका कारण आफूहरुले प्रतियोगितामा भाग नलिने बताए।
प्रतियोगिता नेपालका इन्द्रले ६६ केजी तौल समूहमा र सोनियाले ४८ केजी तौल समूहमा भाग लिने तय भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







