सार्दिखोला समाज यु.के.द्धारा स्वास्थ्य चौकीलाई सहयोग


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित




पोखरा । सार्दिखोला समाज युकेले सार्दिखोला स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्टेटर, अक्सिमिटर, एन्टीजेन टेस्ट किट, पिपिई, साबुन, सेनीटाइजर, मास्क लगाएतका तिन लाख चौविसहजार बराबरको सामाग्री जेष्ठ १८ गते मंगलबार सार्दिखोला स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष विक्रम गुरुङ्गलाई हस्तान्तरण गर्नुभएको छ । साथै सो अवसरमा सार्दिखोला समाज युके का समाजसेवी ज्ञानकाजी गुरुङ्गले व्यक्तिगत रुपमा पठाउनु भएको रु ६० हजार वहाँको छोरा अरुण गुरुङ्गले वडा अध्यक्ष विक्रम गुरुङ्गलाई हस्तान्तरण गर्नुभएको छ ।
कोरोनाको दोश्रो लहर बढ्दै आउँदा १२ जनामा कोरोना संक्रमण देखिएसँगै माछापुच्छ्रे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष, स्वास्थ्य चौकीका कर्मचारी तथा समाजसेवीहरुले सहयोग जुटाउन पहल गर्नुभएको हो । सार्दिखोला समाज युकेका उपाध्यक्ष तथा समाजसेवी अमृत गुरुङ्गको पहल तथा सम्पूर्ण सार्दिखोला युके वासिहरुको छलफल पछि तिन लाख चौविस हजार बराबरको स्वास्थ्य सामग्री र ज्ञानकाजी गुरुङ्गको व्यक्तिगत थप रु ६० हजार प्राप्त भएको हो ।
हाल प्रदान गरिएको अक्जिन कन्सन्टेटरले आपतकालीन विरामीलाई हस्पिटल नपुर्याइन्जेल जिवन बचाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यसै गरि सम्पूर्ण औषधि तथा सामाग्रीको उच्चतम प्रयोग गरि सार्दिखोला वडा नं २ क्षेत्रलाई सुरक्षित बनाउन दिनरात खट्नुहुन वडाध्यक्ष बिक्रम गुरुङ्गले अपिल गर्भनु भयो ।
स्वास्थ्य चौकीका अहेव शिव केसीले सामाग्रीहरुको आवश्यकता र प्रयोगको बारेमा प्रष्ट पार्नु भएको थियो । समुदायको तथा देश विदेशमा रहेका सार्दिखोला वासीको सहयोगले आफूहरु पनि उत्प्रेरित भएको कुरा उहॅाले व्यक्त गर्नुभएको छ ।
सार्दिखोला युके समाजबाट प्राप्त सहयोग हस्तान्तरण गर्नुहुदै समाजसेवी ओम गुरुङ्ग तथा मिना गुरुङ्गले ३ दिनमात्रको छोटो समन्वयमा जुटाइएको सहयोग स्वास्थ्य सामाग्रीको भरपुर प्रयोग गरि वडा नं. २ क्षेत्रलाई सुरक्षित राख्नको लागि अनुरोध गर्नुभयो । वडा अध्यक्ष विक्रम गुरुङ्गको अध्यक्षतामा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे मा.वि.का प्रधानाध्यापक सन्तोष आचार्यले सवै जनालाई सुरक्षित हुन र आइपरेको परिस्थितिमा सवैलाई सहयोग गर्न पनि आव्हान गर्नुभएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।