सांसद पद कायम राख्न माग गर्दै जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित




फाइल तस्बिर ।

काठमाडौं । गण्डकी प्रदेशको सांसद पदबाट बर्खास्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । थापाले विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै शुक्रबार रिट दिएका हुन् ।

थापाको तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसनकी उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराईलगायतले रिट हालेको र रिट दर्तासमेत भइसकेको सर्वोच्च स्रोतले जनाएको छ । रिटमा उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको जिकीर गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र बिहीबार प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । सोहीबमोजिम प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी दिएपछि थापा सांसदबाट पदमुक्त भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।