निःशुल्क नेवारी भाषा प्रशिषण तालिम शुरु


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरामा दुई महिने नेपाल (नेवारी) भाषा तालिमको शुभारम्भ गरिएको छ । नेवाः ल्याम्हः पुचः कास्कीको आयोजनामा निःशुल्क नेपाल (नेवारी) भाषा तालिम शुक्रबारबाट शुरु भएको हो ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण भर्चुअल माध्यमबाट शुरु गरिएको तालिमको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले उद्घाटन गरे ।

नेवारी भाषाको सम्र्बद्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको तालिममा अनलाईन माध्यम मार्फत सञ्चालन हुने आयोजक संस्थाका नेवाः ल्याम्हः पुच कास्कीका अध्यक्ष मधुसुधन जोशीले जानकारी दिए ।

कार्यक्रममा नेवाः खल कास्कीका उपाध्यक्ष एवम संस्कृतविद् तिर्थ श्रेष्ठ, नेवाः मिशा पुचः कास्कीका अध्यक्ष मेनुका श्रेष्ठ, ल्याम्हःपुच कास्कीका निवर्तमान अध्यक्ष राम वहादुर रजक झिगुभाए सांस्कृत गुठिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ लगायतले तालिममा सक्रिय सहागिता जनाउन सहभागीहरुलाई आग्रह गरे ।

दुई महिनासम्म भर्चुअल माध्यममार्फत सञ्चालन हुने तालिममा नेपाल भाषाका प्रमुख प्रशिक्षक विक्रम उदास र मधुसुदन जोशीले लगायतले सहजीकरण गर्ने अयोजक संस्थाका संचालन महासचिव सुरेश कुमार श्रेष्ठले जानकारी दिए । देश तथा विदेशबाट समेत गरेर एक सय जना सहभागीता रहेको उनले बताए ।

संस्थाका अध्यक्ष मधुसुधन जोशीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको कार्यक्रममा उपाध्यक्ष श्री विनित जोजिजूले स्वागत र सञ्चालन महासचिव सुरेशकुमार श्रेष्ठले गरेका थिए ।

तालिममा नेवारी भाषाप्रति चासो राख्ने देश तथा विदेश जहाँकहीबाट पनि निशुल्क रुपमा सहभागीता जनाउन सकिने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।