‘दिटिका इन्टरनेसनलद्वारा २० सुकुम्बासि परिवारलाई राहत बितरण’


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित




पोखरा । कोरोनाको कहर र निषेधाज्ञाको मारमा परेका सुकुम्बासिलाई शनिबार राहत बितरण गरिएको छ । पोखरा ६ मालपोत ,फिर्के तिरमा बसेका आर्थिक अवश्था कमजोर रहेका २० सुकुम्बासि परिवारलाई चामल,दाल,तेल,चना, नुन लगायतका खाद्यान्न सामग्रि दिटिका इन्टरनेसनल प्रा.लि.को सहयोगमा बितरण गरिएको हो ।
‘फिर्के तिरमा बसोबास गर्ने सुकुम्बासि समुदायले लौन ! दिदी चुल्हो नै बल्न छोड्यो, साह्रै गाह्रो भो भन्न थालेको ३/४ दिन भईसकेको थियो’ स्थानिय सामाजिक अभियन्ता हिरु पुनले राहत सहजिकरणबारे जानकारी दिदै भनिन् ,’त्यसपछि समाजसेवि तथा व्यबसायी टिकाकुमारी गुरुड.को सहयोग, प्रशासनको सहमति र वडाका जन प्रतिनिधि बिष्णुबहादुर भट्टराईको रोहवरमा राहत बितरण कार्य गरिएको हो। “
‘दैनिक ज्यालादारी गरेर हातमुख जोड्नु पर्ने हामी सुकुम्बासिलाई सम्झेर राहत ल्याईदिनु भएकोमा तपाईंहरु सबैलाई धन्यबाद’ राहत सामग्रि प्राप्त गरेपछि सुकुम्बासि समुदायकि मिठु परियारले एभरेस्ट आवाजलाई भनिन् ,”निषेधाज्ञा लम्बिदै गए पछि रोगले भन्दा भोकले मर्ने अवश्था आयो ।”
राहत सामग्रिमा २५ के.जि.जिरा मसिना चामल,रातो दाल, चना, सोयाविन तेल र आयोनुनसहित २ हजार प्रति प्याकेज गरि कुल ४० हजार रुपैयाको रहेको राहत प्रदान गरेको समाजसेवी टिकाकुमारी गरुड.ले जानकारी दिइन् । दिटिका इन्टरनेसनल नयांबजारमा अवश्थित हालै संचालनमा ल्याइएको एक गार्मेन्ट उद्योग हो, जसले ‘लेडिजवेयर’निर्माण गरि स्वदेश तथा बिदेशमा निर्यात गर्ने लक्ष्य राखेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।