विश्वकप २०३० आयोजनाका लागि स्पेन र पोर्चुगलको संयुक्त दाबी


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलले संयुक्त दाबी पेस गरेका छन्।

युरो कपको तयारीको लागि म्याड्रिडको मेट्रोपोलिटनो स्टेडियममा २ राष्ट्रबीचको मैत्रीपूर्ण खेलअघि स्पेन र पोर्चुगलले संयुक्त दाबी घोषणाको सार्वजनिक गरेको हो।

सोहि स्टेडियममा स्पेनका तर्फबाट राजा फिलिप छैटौं पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोले संयुक्त दाबीको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सन् २०३० को विश्वकप आजोजनाका लागि थुप्रै राष्ट्रबाट दाबी पेस भएको छ भने फिफाले यस विश्वकप आयोजक राष्ट्रको घोषणा भने २०२४ मा गर्ने जनाएको छ।

यस्तै, सन् २०३० अघि २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप ३ राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा फिफाले घोषणा गरिसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।