डियासले जिते प्रिमियर लिगको ‘प्लेयर अफ दि सिजन’अवार्ड


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन्।

यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड पाएका हुन्।

प्रिमियर लिग ले शनिबार पोर्चुगिज डियासलाई ‘प्लेयर अफ दि सिजन’ घोषित गरेको हो

डियाससँगै प्रिमियर लिग ‘प्लेयर अफ द सिजनका’ लागि उनकै क्लबका साथी र अघिल्लो सिजनका विजयी केभिन डी ब्रुने र टोटेनहामका स्ट्राइकर ह्यारी केन मनोनयनमा परेका थिए।

म्यानचेस्टर युनाइटेड मिडफिल्डर ब्रुनो फर्नान्डिस, एस्टनभिल्लाका ज्याक ग्रेलिस र लिभरपूलका फरवार्ड मोहम्मद सलाह पनि प्रिमियर लिगको सर्वश्रेष्ठ खेलाडी पुरस्कारका लागि सर्टलिस्टमा थिए।
यस्तै, वेस्टह्यामका मिडफिल्डर टोमास सौसेक र चेल्सीका मेसन माउन्ट पनि ‘प्लेयर अफ द सिजन’ उपाधीका दाबेदार थिए ।

डियास यस अवार्ड जित्ने पाँचौं डिफेन्डर हुन् ।२४ वर्षीय डियासले यस अघि फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ अवार्ड पाएका थिए ।

यस सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको छ। सिटीको उपाधि यात्रामा डियासले उत्कृष्ट प्रदर्शन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।