सुनिलको गोलमा भारतको जित


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित




तस्बीरः एन्फा

सुनिल क्षेत्रीको २ गोल मद्दतमा भारतले विश्वकप तथा एसियन कप छनोट खेलमा बंगलादेशलाई २–० ले पराजित गरेको छ।

सुनिलले ७९ औं मिनेटमा पहिलो गोल गरेको थिए भने दोस्रो गोल अन्तिम मिनेटमा गरेका थिए।

जितपछि ६ अंक जोडेको भारत समूह ‘ई’ को तेस्रो स्थानमा उक्लिएको छ। बंगलादेश ३ अंकका साथ पुछारमा छ। कतार १९ अंकका साथ समूहको शीर्ष स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।