तस्बीरः एजेन्सी
अमेरिकाले कोनकाकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको छ।
फाइनलमा क्रिस्टियन पुलिसिचले मेक्सिकोविरुद्ध अतिरिक्त समयमा गोल गर्दैे अमेरिकालाई उपाधि दिलाए।
चेल्सीका २२ वर्षीय मिडफिल्डर पुलिसिचले पेनाल्टीबाट गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए।
दुई पटकसम्म पछि परेको स्थिति उल्टाउँदै अमेरिकाले खेल अतिरिक्तसम्म धकेलेको थियो।
खेलका शुरुवातमा नै मेक्सिकोका जिसुस कोरोनाले गोल गरेका थिए। तर, जियोभानी रेयनाले खेल बराबरी गरे। त्यसपछि डिएगो लाइनेजले मेक्सिकोलाई पुनः अग्रता दिलाए पनि वेस्टन म्याकेनीले खेल बराबरीमा ल्याउँदै अतिरिक्त समयमा खेललाई धकेलेका थिए ।
भिडियो एसिस्टेन्ट रेफ्रीसँग लामो छलफलपछि अमेरिकालाई पेनाल्टी दिइएको थियो। निर्णयको प्रतिवाद गरेका मेक्सिकोका प्रशिक्षक जेरार्डो मार्टिनोलाई रातो कार्ड देखाइएको थियो। खेलको अन्त्यमा मेक्सिकोले पनि पेनाल्टी पाएपनि गोलकीपर एथन होर्भाथले बचाउ गरे।
नेसन्स लिगमा उत्तरी अमेरिका, मध्य अमेरिका र क्यारेबियन टोलीहरू समावेश हुन्छन्। यो प्रतियोगिता हरेक २÷२ वर्षमा आयोजना हुन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







