सिटीका डी ब्रुयना लगातार दोस्रो वर्ष पनि ‘पीएफए वर्ष खेलाडी’


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



तस्बीरः गुगलबाट

म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना लगातार दोस्रो सिजन पनि वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन्।

प्रोफेसनल फुटबलर्स एसोसिएसनद्वारा डी ब्रुयनालाई यो वर्ष पनि उक्त उपाधि प्रदान गरेको हो।

सिटीकै फिल फोडेन उत्कृष्ट युवा खेलाडी बने। सिटीलाई ४ वर्षमा तेस्रो प्रिमियर लिगको उपाधि र काराबाओ कप दिलाउन दुवै खेलाडीको महत्वपूर्ण भूमिका थिया।

२९ वर्षीय डी ब्रुयना उत्कृष्ट पुरुष खेलाडी लगातार २ वर्ष जित्ने क्रिस्टियानो रोनाल्डोपछि दोस्रो खेलाडी हुन्। ‘तपाईं टीमको रुपमा सबै उपाधि जित्न चाहनुहुन्छ, व्यक्तिगत रुपमा यो सबैभन्दा महत्वपूर्ण उपाधि हो,’ उनले भने, ‘तपाईंको प्रतिद्वन्द्वीहरुले तपाइँलाई चुन्नुले धेरै कुरा बयान गर्दछ।’

बेल्जियमका खेलाडीले प्रिमियर लिगमा ६ गोल गर्नुका साथै १२ वटा गोलको अवसर सिर्जना गरेका थिए। गत २९ मेमा चेल्सीविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा डी ब्रुयनाको आँखा र नाकमा चोट लागेको थियो।

यता, २१ वर्षीय फोडेनले गत सिजन सिटीका लागि ५० खेल खेल्दै १६ गोल गरेका छन्। उनी इङ्ल्याण्डको युरो कप टोलीमा समावेश छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।