आयरल्याण्डविरुद्धको सिरिज नेदरल्यान्ड्सलाई


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

नेदरल्यान्ड्सले आइसीसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गत आयरल्याण्डविरुद्धको ३ खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ।

सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा आयरल्याण्डलाई ४ विकेटले हराएर नेदरल्यान्ड्सले २–१ ले सिरिज जितेको हो।

आयरल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य नेदरल्यान्ड्सले ४५ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो।

नेदरल्यान्ड्सको जितमा स्टेपहेन माइबर्गले ७४ रनको अर्धशतकीय इनिङ्स खेले। म्याक्स ओडोडले ३६ रन बनाए। आयरल्याण्डका सिमि सिंहले ३ विकेट लिए।

यसअघि, पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो।

आयरल्याण्डका ह्यारी हेक्टरले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा जर्ज डोक्रेलले ४० रन बनाए । सिमि सिंह २१ रनमा अविजित रहे।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन र लोगान भान विकले ३÷३ विकेट लिए। यसअघि, पहिलो खेल नेदरल्यान्ड्सले १ रनले जितेको थियो। तर, दोस्रो खेलमा आयरल्याण्ड ८ विकेटले विजयी भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।