जोकोभिच र नाडाल फ्रेन्च ओपनको क्वाटरफाइनलमा


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



तस्बीरः गुगलबाट

नोभाक जोकोभिच र रफायल नाडालले वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको क्वाटरफाइनलमा स्थान बनाएका छन्।

सुरुआती २ सेट हारेर शानदार पुनरागमन गर्दै नोभाक जोकोभिचले फ्रेन्च ओपनको चौथो चरणबाटै अप्रत्यासित बाहिर्गमनको खतरा टारेका ह्न् ।

विश्व नम्बर एक सर्बियाली खेलाडीको प्रदर्शन सुरुआती २ सेटमा कमजोर थियो। उनले दुवै सेट टाइब्रेकमा गुमाएका थिए।

तर, त्यसपछि १९ वर्षीय इटालियन किशोर खेलाडी लोरेन्जो मुसेट्टीले पूरा खेल खेल्न सकेनन्। तेस्रो र चौथो सेट क्रमशः ६–१ र ६–० जे जितेका जोकोभिचले पाँचौं सेटमा ४–० को अगता लिँदा मुसेट्टी चोटग्रस्त हुन पुगे।

कोर्टबाट बाहिरिँदै गर्दा मुसेट्टीलाई उपस्थित सबै दर्शकले उभिएर सम्मान गरेका थिए । ग्राण्डस्लाम टेनिसमा जोकोभिचले २ सेटमा हारेर पुनरागमन जित निकालेको यो पाँचौं पटक हो।

रफायल नाडाल पनि जान्निक सिन्नरलाई ७–५, ६–३ र ६–० को सेटमा सहजै पराजित गरी क्वाटरफाइनलमा पुगेका छन्। सुरुआती सेटमा २ पटक सर्भ फल्ट गरेपनि नाडालले पुनरागमन गरी १८ औं वरियताका इटलीयन खेलाडीलाई पराजित गरेका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।