पोखरा । पोखरा २१ फोक्सिड.महबारीमा निर्माणाधिन ढलान बाटोको अनुगमनमा गएका गण्डकी प्रदेशका उप-सभामुख सिर्जना शर्मालाई अचानक ढलान पाइप उछिट्टिदा खुट्टामा चोट लागेको छ । सोहि दुर्घटनामा परि बाटो उपभोक्ता समितिका अध्यक्ष गौत्तम रसाइलीको भने खुट्टा भांचिएको छ ।
प्रदेश सांसद पूर्बाधार बिकास कोषको लगानिमा निर्माणाधिन संगमचोक-महबारी ढलान बाटोको अनुगमन गर्न बुधबार सोहि निर्बाचन क्षेत्रबाट प्रत्यक्ष निर्बाचित सांसद कृष्ण थापासहित उप-सभामुखको टोलि संगमचोक गएको थियो । ‘ढलान गर्ने ठांउमा पुगेका मात्र के थियौं, उप-सभामुख शर्माका स्वकीय सचिब प्रकाश शर्माले भने,’पाइप कसरि ,कसरि अचानक उछिट्टिएर आयो र उप-सभामुखज्यूलाई लाग्यो । ‘ घटना पछि घाइते दुबैलाई नयांबजारमा अवश्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।
‘उप-सभामुखको खुट्टा भांचिएको त छैन तर भित्री चोट चांहि लागेको छ’,गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिडेन्टेन्ट डा.टुमाया घलेले भनिन्,’केहि हप्ता घरमै आराम गर्ने गरि डिस्चार्ज गरिएको छ ।’ अर्का घाइते उपभोक्ता समतिका अध्यक्ष रसाइलीको भने देब्रे खुट्टा फ्र्याक्चर भएको छ ।मे.सु.डा.घलेले रसाइलीलाई भने अस्पतालमै भर्ना गरिएको जानकारी दिए ।
सो बाटो प्रदेश सांसद पूर्बाधार बिकास कोषको १० लाख लागत सहयोगमा निर्णाधिन रहेको पोखरा वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्यले एभरेस्ट आवाजलाई बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







