प्रधानमन्त्री ओलीको गल्तीमा पृथ्वी सुब्बा गुरुङलाई सजाय नदिऔं : मायानाथ


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले कमजोरी गर्दैमा प्रदेशमा दलहरु विभाजन नहुने बताएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मागेको विश्वासको मत प्रस्ताव माथिको छलफलमा बोल्दै उनले केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कमजोरी र गल्तीको सजाय प्रदेशमा पृथ्वी सुब्बा गुरुङलाई दिन नहुने बताएका हुन् । ‘काठमाडौंमा पानी पर्यो भन्दैमा यहाँ छाता ओढ्ने चलन छ, यो गलत हो, यस्तो काम हामीले गर्नु हुँदैन ।’

सचेतक अधिकारीले केन्द्रमा जेसुकै भएपनि प्रदेशमा सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । अस्थिरता निम्तिदा समृद्ध प्रदेश, सुखी नागरिकको लक्ष्य पूरा हुने सम्भावना नभएको बताउँदै उनले त्यसका लागि पनि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।