कास्कीका खगराज अधिकारी गृहमन्त्री बन्दै


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित




फाइल फोटो

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा निवर्तमान सांसद खगराज अधिकारी गृहमन्त्री बन्ने भएका छन् । अधिकारी ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्री यस प्रकार छन् ।

१. खगराज अधिकारी, गृहमन्त्री
२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. नारदमुनी राना, वनमन्त्री
४. नैनकला थापा, संचारमन्त्री
५. ज्वालाकुमारी साह, कृषिमन्त्री
६. राजकिशोर यादव, उद्योगमन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
८. आशा विक, वनराज्यमन्त्री


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।