प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् बिस्तार, यस्तो छ २५ सदस्यीय मन्त्रिपरिषद्को कार्यविभाजन


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएकी छन्। गृहमन्त्रीको जिम्मेबारी खगराज अधिकारीले पाएका छन् भने पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

प्रधानमन्त्री ओलीले माओवादीबाट कारबाहीमा परेकी प्रदेश २ की सांसद ज्वालाकुमारी शाहलाई कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद्मा मन्त्री र राज्यमन्त्रीसहित ८ जना थप गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार ४ बजे शीतलनिवासमा हुनेछ ।

यस्तो छ २५ सदस्यीय मन्त्रिपरिषद्को कार्यविभाजन :


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।