भुर्जङखोलामा रक्तदान, ५६ यूनिट रगत संकलन


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित




पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका २ भुर्जङखोलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५६ यूनिट रगत संकलन भएको छ । कोरोनाको महामारीसँगै पछिल्लो समय अस्पतालहरुमा रगत अभाव देखिन थालेपछि भुर्जुङखोलामा स्थानिय ग्रीनफोर्स युथ क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा स्थानियबासीहरुले रक्तदान गरेका थिए । रक्तदानमा सहभागीताका लागि क्लबले सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरिएको जनाएको छ । क्लबका अध्यक्ष रामप्रसाद गुरुङले रगत अभावलाई न्यूनिकरण गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना हुने बताएका छन् ।

साथै सोही अवसरमा क्लबले स्थानिय सार्दीखोला स्वास्थ्य चौकीमा संचालनमा आएको आइसोलेशन कक्षको व्यवस्थापनको लागि आर्थिक सहयोग पनि गरेको छ । ‘खासगरि हामीले अन्य भौतिक सहयोग पनि आइसोलेशनका लागि गर्दै आएका हौँ । तर क्लबको सकृयतामा आर्थिक सहयोग पनि गरौँ भन्ने लागेपछि हामीले हाललाई २० हजार रुपैयाँ सहयोग गरेका हौँ ।’ क्लबका कोषाध्यक्ष राजेन्द्र आचार्यले भने ।

क्लबले स्थानियस्तरमा हाल कोरोना र लकडाउनका कारणले समस्यामा परेका विभिन्न व्यक्ति र समूहहरुलाई पनि सहयोग गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।