गुरुङ बने अभागी मुख्यमन्त्री : पाएनन् विश्वासको मत


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



फाईल तस्बिर ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । गण्डकी प्रदेश सभा समक्ष विश्वासको मत मागेका उनले विश्वासको मत पाउन असफल भएका हुन् । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री गुरुङले मागेको विश्वासको मतको पक्षमा बहुमत नपुगेको भन्दै विश्वासको मत असफल भएको घोषणा गरे ।

योसँगै राजनीतिक उतारचढावका कारण मुख्यमन्त्री पद गुमाउने गुरुङ पहिलो अभागी मुख्यमन्त्री हुन् । यसअघी प्रदेश नम्बर २, कर्णाली प्रदेश र सुदूरपश्चिम सरकारले विश्वासको मत पाइसकेका छन् । लुम्विनी प्रदेशमा भने पहिलो कार्यकालबाट राजिनामा दिएका शंकर पोखरेलले लगत्तै बहुमतको सरकार गठन गरेका छन् । भलै यसमा विवाद कायम छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रभाव क्षेत्र मानिने गण्डकी प्रदेशमा उनकै विश्वास पात्र गुरुङले भने विश्वासको मत लिन नसक्दा प्रधानमन्त्री ओली र उनको पार्टी नेकपा एमालेलाई नराम्रो झट्का दिएको छ ।

मुख्यमन्त्री गुरुङले राखेको विश्वासको मतको पक्षमा २७ र बिपक्षमा ३० मत प¥यो । विहीबार लिइएको विश्वासको मतको पक्षमा एमालेका २७ सांसदले मत दिए । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २ तथा जनमोर्चाका २ सांसदले बिपक्षमा मत दिए । जनमोर्चाका कृष्ण थापा र दीपक मनाङेले भने मत हालेनन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।