फाइल तस्बिर ।
पोखरा । पार्टीको ह्विप पालना नगरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसद कृष्ण थापालाई फेरि कारवाही गरेको छ । जनमोर्चाले सांसद थापालाई कारवाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार (आज) संसद सचिवालयमा दर्ता गराएको थियो । कारवाही सम्बन्धी पत्र सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाको आजको बैठकमा पढेर सुनाएका हुन् ।
थापालाई यसअघि पनि पार्टीले कारबाही गर्दै सांसदबाट हटाएको थियो । यद्यपि थापा सर्वाेच्चको अन्तरिम आदेशपछि पुनर्बहाली भएका थिए । थापाले सर्वोच्चले अन्तरिम आदेश दिएको र मुद्धा सर्वोच्चमा बिचाराधीन रहेकाले आफुलाई कारबाही गर्न नमिल्ने बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






