थापा फेरी पदमुक्त


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




फाइल तस्बिर ।

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पुनः पदमुक्त भएका छन् । बागलुङ निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद थापा गण्डकी प्रदेश सभा सदस्य पदबाट दोश्रो पटक पदमुक्त भएका हुन् । जनमोर्चाले पार्टीको निर्णय अनुसार प्रदेश सभा सदस्य थापालाई पदमुक्त गर्न गरेको सिफारिसका आधारमा उनी पदमुक्त भएको र उनको ठाउँमा प्रदेश सभा सदस्य पद रिक्त रहेको शुक्रबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

यसअघी गत जेठ २० गतेपनि जनमोर्चाले प्रदेश सभा सदस्य थापालाई पदमुक्त गरेको थियो । तर थापा सर्वोच्चमा गएपछि उनको पद सर्वोच्च अदालतले थमौति गरिदिएको थियो । थापाले दलको ह्वीप उलंघन गरेको वा दल अदलबदल गरेको नदेखिएकाले पदमुक्त गर्ने निर्णय लागु नगर्न भन्दै सर्वोच्चले आदेश दिएको थियो ।

तर यसपटक भने जनमोर्चाले प्रदेश सभा सदस्य थापाले दलको ह्वीप नमानेको स्पष्ट उल्लेख गर्दै कारबाही गरेको छ । गण्डकी प्रदेश सभामा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विहीबार विश्वासको मत माग्दा जनमोर्चाले बिपक्षमा मत हाल्ने निर्णय गर्नुका साथै विपक्षमा मत हाल्न ह्वीप लगाएको थियो । तर प्रदेश सभा सदस्य थापाले ह्वीप उलंघन गर्दै दुबै पक्षमा मत नहाली तटस्थ बसेका थिए ।

प्रदेश सभा सदस्य थापा पदमुक्त भएसँगै अब गण्डकी प्रदेश सभा ५९ सदस्यीय भएको छ । यससँगै अब बहुमत पु¥याउन ३० मत भएपुग्छ । यसअघी बहुमतका लागि ३१ सदस्य पु¥याउनु पथ्र्यो । यसले बिपक्षी गठबन्धनलाई फाइदा पुग्ने विश्लेषण गरिएको छ । किनकी बिपक्षी गठबन्धनमा ३० मत रहेको र उक्त संख्या बहुमतका लागि नपुग्दा वैकल्पिक सरकार बनाउन सकस हुँदै आएको छ । यद्वपी यसपटक भने बिपक्षी गठबन्धनले ३१ मत पु¥याईसकेको दाबी गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।