युरोकपः इटलीको विजयी सुरुआत, टर्की ३–० ले पराजित


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित




तस्बीर: एजेन्सी

युरोकप फुटबलमा इटलीले उत्कृष्ट सुरुआत गरेको छ।

रोमस्थित ओलम्पिक रंगशालामा घरेलु टोलीले टर्कीलाई ३–० ले हराएको हो।

खेलमा उत्कृष्ट सुरुआतका बाबजुद गोल गर्न भने इटलीले दोस्रो हाफसम्म कुर्नुपरेको थियो।

टर्कीका डोमिनिको बरार्डीले आत्मघाती गोल गरेसँगै अग्रता लिएको इटलीका लागि सिरो इम्मोबिल र लोरेन्जो इन्जाघीले १÷१ गोल गरे।

यस जितसँगै समूह ’ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ।

युरोकप अन्तर्गत आज (शनिबार) ३ खेलहरु हुनेछन् । समूह ‘ए’मा इटली र टर्कीसँगै वेल्स र स्विचरल्यान्ड पनि छन्। वेल्सी स्विचरल्यान्डबीच आज प्रतिस्पर्धा हुँदैछ। अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै, आज समूह ‘बी’ को यस्तै समूह ’बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ। डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।

समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ। रुसमा हुने २ टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम रुसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ। रुस पनि घरेलु मैदानमा बेल्जियमलाई हराएर विजयी सुरुवात गर्न चाहन्छ।

यस पटकको युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ। प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।