नोभाक जोकोभिच र सित्सिपस ग्रान्डस्लाम फ्रेन्च ओपनको फाइनल भिड्दै


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित




सर्वियन स्टार नोभाक जोकोभिच र ग्रीक युवा खेलाडी स्टेफानो सित्सिपस ग्रान्डस्लाम फ्रेन्च ओपन टेनिसको फाइनलमा भिड्ने भएका छन्।

दुवै खेलाडीले शुक्रबार भएको छुट्टाछुट्टै सेमिफाइनल खेल जित्दै वर्षको दोस्रो ग्रान्डस्लाम–फ्रेन्च ओपन टेनिसको फाइनलमा स्थान बनाएका हुन्।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा जर्मनीका अलेकजेन्डर जेर्रेभलाई ३–६, ३–६, ६–४, ६–४, ३–६ को नतिजामा पराजित गर्दै २२ वर्षीय सित्सिपसले फाइनलमा पुगेका हुन्।

त्यस्तै, दोस्रो सेमिफाइनलमा साविक विजेता राफायल नाडाललाई ३–६,६–३,७–६(७–४) र ६–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

क्ले कोर्टको राजा मानिने नाडालमाथि जित निकाल्न जोकोभिचले ४ घण्टा बढीको समय खर्चिए।
नाडाल १३ पटकको फ्रेन्च ओपन च्याम्पियन हुन्। जोकोभिचले एक पटक उपाधि जितेका छन् ।

क्वार्टरफाइनलमा रुसी खेलाडी ड्यानियल मेड्भेडेभलाई पराजित गरेका सित्सिपसले ग्रान्डस्लाम टेनिसमा पहिलो पटक फाइनल यात्रा तय गरेका हुन्। विश्व वरीयताको पाँचौं स्थानमा रहेका सित्सिपस गत वर्षको सेमिफाइनलिस्ट प्रतिद्वन्द्वी रोलान्ड गारोसको जितसँगै बाहिरिएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।