तस्बीरः गुगलबाट
म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६ सय ३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्।
आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्यासम्बन्धी अभियोग लगाइएको छ भने २ सय ५६ जनालाई सुरक्षा व्यवस्थासम्बन्धी तथा विस्फोटन गराएको र २ सय ७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ।
सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको सुरक्षा निकायले जनाएको छ। म्यानमारमा गत फेब्रुअरी १ देखि संकटकाल लागु गरिएको छ भने नागरिक आन्दोलन पनि भइरहेको छ।
म्यानमारको सेनाले लोकतन्त्रवादी नेतृ आङसाङ सूकीसहित सरकारको नेतृत्वमा रहेका तथा दलको नेतृत्व गरेका विभिन्न नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएको छ। सेनाले सत्ता लिएको र लोकतन्त्र मासेको भन्दै भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म सयौँको मृत्यु भइसकेको छ।
एएनआई
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







