पाेखरा । औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले फ्रन्टलाइनमा खटिने संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
पत्रकार महासंघ गण्डकी प्रदेशको सभाहलमा उपस्थित पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, सचिव यदुनाथ बञ्जारा र महासंघ कास्की शाखा अध्यक्ष विमला भण्डारीलाई संयुक्त रुपमा औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, महासचिव केशरी तिवारी, जिल्ला अध्यक्ष विक्रम पन्तले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।
औषधी व्यवसायी संघले सर्जिकल मास्क, सेनिटाइज, भिटामिन ट्याव्लेट, सिटामोल, जिंक चक्की उपलव्ध गराएका छन् । फिल्डमा खटिने देखि कोरोना भई आइसोलेसनमा वसिरहेका पत्रकारहरुलाई समेत लक्षित गरी सहयोग उपलव्ध गराएका छन् ।
स्वास्थ्य सामग्री हस्तान्तरणका क्रममा वोल्दै औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले अग्र पंक्तिमा खटिने पत्रकारहरुलाई सुरक्षित राख्न सकिन्छ कि भन्ने धेयले व्यवसायीहरुको सहयोगमा स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराइएको वताए । सामग्री ग्रहण गर्दै महासचिव गोविन्द सुवेदी र जिल्ला अध्यक्ष विमला भण्डारीले धन्यवाद व्यक्त गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







