सांकेतिक तस्बीर
आज जुन १४ तारिक अर्थात विश्व रक्तदाता दिवस। हरेक वर्षको जुन १४ मा विश्वभर रक्तदाता दिवस मनाइन्छ।
‘रक्तदान नै जीवनदान हो’ को नारासहित यो दिन रक्तदाता दिवसका रुपमा मनाइन्छ। यो वर्षको रक्तदान दिवसका लागि ‘रक्तदान गरौँ र संसारलाई चलायमान गराऔँ’ भन्ने मूल नारा तय गरिएको छ।
मानव रक्त समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइदै आएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो। रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने खालका ¥याली, कोणसभा, प्रभातफेरी लगायत चेतनामूलक कार्यक्रमहरु आयोजना गरिंदै आएको छ।
रगतको महत्व र आवश्यकताबारे बुझाउँदै जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति सम्मान स्वरुप यो दिवस मनाउने गरिन्छ। रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरुप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो।
सामान्यतया एकपटक रक्तदान गरिसकेपछि अर्कोपटक रक्तदान गर्न कम्तिमा ३ महिनाको फरक हुनुपर्छ भन्ने मान्यता छ। रक्तदान गर्न सामान्यतया ५० केजी तौल भएको र कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको उमेर समूह सीमा तोकिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







