तस्बीरः एजेन्सी
सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली हिँजो (आइतबार) स्वदेश फर्किएको छ।
२३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम आइतबार राति ८ः४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिएको हो।
कुवेतमा नेपालले विश्वकप छनोटअन्तर्गत छनोटका बाँकी ३ खेल खेलेको थियो। छनोटमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो।
पहिलो खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको नेपाल जोर्डनसँग ३–० ले हारेको थियो। नेपाल छनोटको अन्तिम खेलमा अष्ट्रेलियासित पनि ३–० ले पराजित भएको थियो। छनोटको समूह ‘बी’मा रहेको नेपालले ८ खेलबाट ६ अंक मात्र जोड्यो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







