तस्बीरः एजेन्सी
सर्बियन स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्।
पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन्।
उपाधि जित्ने क्रममा विश्व नम्बर जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६–७ (६–८), २–६, ६–३, ६–२ र ६–४ को सेटमा पराजित गरे।
यससँगै जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका ह्न्। यसअघि, उनले २०१६ मा फ्रेन्च ओपनको ग्रान्डस्लाम जितेका थिए । जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो।
यसअघि, सेमिफाइनलमा जोकोभिचले राफायल नाडाललाई हराएका थिए। स्टेफानोसले जर्मनीका एलेक्स्जेन्डर ज्वेरभलाई हराएर फाइनलमा स्थान पक्का गरेका थिए।
यस संस्करणमा महिलातर्फको उपाधि चेक रिपब्लिककी बारबोराले जितिसकेकी छन्। शनिबार भएको फाइनलमा रुसकी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गर्दै बारबोराले उपाधि जितेकी हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







