कोपा अमेरिका सुरु, आयोजक ब्राजिलले भेनेजुएलालाई हरायो


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

यस संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका आइतबारदेखि ब्राजिलमा सुरु भएको छ।

कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ।

आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गर्दै घरेलु ब्राजिलले सुखद सुरुवात गरेको हो। यस जितसँगै समूह ’बी’ मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ।

ब्राजिललाई जित दिलाउन माक्र्वीवन्होस, नेयमार र ग्राबियल बर्बोसाले १÷१ गोल गरे। खेलको २३ औं मिनेटमा माक्विवन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २६ औं मिनेटमा रिचार्लीसनले गोल गरेपनि उनी अफसाइड रहँदा गोलले मान्यता पाएन।

खेलको ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए। डानिलोलाई भेनेजुएलाका योहानले पेनाल्टी बक्स क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो। जसमा नेयमारले सहजै गोल गरे। ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो।

त्यसपछि खेलको ८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए। उनले नेयमारको पासमा गोल गरेका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।