पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवगठित सरकारले दिने कुनै पनि सेवा सुविधा नलिने भएका छन् ।
गुरुङलाई नवगठित सरकारले पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने इच्छा नभएको उनका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जालमार्फत प्रस्ट पारेका हुन् ।
उनले पूर्वमुख्यमन्त्री गुरुङको तर्फबाट स्ट्याटस लेख्दै नवगठित सरकारले प्रदेशका जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना राखेको पनि प्रष्ठ पारेका छन् ।
उनले भनेका छन्, ‘माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ, उहाँलाई मुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्तिपनि इच्छा छैन । उहाँले त्यस्तो सुविधा लिनुहुने छैन् ।’
न्यौपानेले नवगठित गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद्ले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने कानून बनाउने निर्णय गरेको समाचारबाट धेरैमा भ्रम पर्न गएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् ।
गण्डकी प्रदेश सरकारको आइतबार विहान बसेको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीलाई सम्मानका लागि सुविधा दिन ऐन बनाउने निर्णय गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी…







