फाइल तस्बिर ।
पोखरा । देशभर मनसुनी गतिविधि थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी सहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । गण्डकी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार यी प्रदेशका धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ ।
देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् मानन्धरले बताइन् । आज, भोलि र पर्सि आकाशलाई बादलले ढाक्ने भएकाले पानी परिरहने सम्भावना छ । शुक्रवारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् मानन्धरले बताइन् । अहिले गण्डकीसहित प्रदेश–२, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ ।
लगातार पानी पर्दा बाढी पहिरोको जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम रोकथामका लागि ७७ वटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्वतयारी र प्रतिकार्यको तयारीमा रहन निर्देशन दिएको छ । जनशक्ति आकलन, खोज, उद्धार गर्न अवश्यक सामग्रीको जोहो तथा यस्ता सामग्री अपुग भए माग गर्न पनि प्राधिकरणले भनेको छ ।
विशेष गरि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





