गण्डकी प्रदेश सरकारले द्वन्द्व पीडितहरुलाई नया परिचय पत्र वितरण गर्ने भएको छ । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रम माथि प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतान्त्रिक आन्दोलन र जनयुद्धका द्वन्द्व पीडितहरुको तथ्यांक अद्यावधिक गरि परिचय पत्र वितरण गर्ने बताएका हुन् ।
मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक आन्दोलन तथा जनयुद्धका द्वन्द्वपीडित व्यक्ति तथा परिवारका लागि राहत कार्यक्रम अन्तर्गत द्वन्द्वपीडितहरुको जिविकोपार्जनमा सुधार गर्ने सीपमूलक तालिमलाई निरन्तरता दिइने जानकारी दिए । त्यसका लागि बजेट बिनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री पोखरेलले सहीदहरुको स्मृतिमा निर्माण भएका संरचनाहरुको स्तरोन्नती र मर्मतसम्भार गर्नेपनि बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





