तस्बीरः एजेन्सी
विश्व विजेता फ्रान्सले युरो २०२० च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ।
मंगलबार राती भएको खेलमा फ्रान्सले जर्मनीलाई १–० गोलले हराएको हो। जर्मनीको आत्मघाती गोलबाट फ्रान्सको जित संभव भएको हो।
जर्मनीका म्याट्स ह्युमेल्सले आत्मघाती गोल गर्दा फ्रान्सको जित भएको हो। सन् २०१६ को उपविजेता फ्रान्सले विश्वकपमा उपाधि उचालेको थियो। यसपटक बलियो ठानिएको फ्रान्स उपाधि दाबेदार टिम हो।
ग्रुप ‘एफ’मा रहेको फ्रान्स र पोर्चुगलले गएरातीको जितबाट ३÷३ अंक बटुलेका छन्। गोल अन्तरका आधारमा पोर्चुगल शीर्ष स्थानमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







