कोपा अमेरिका: बोलिभियामाथि पाराग्वेको प्रभावशाली जित


     एभरेस्ट आवाज    
     असार २ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

कोपा अमेरिकाअन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा पाराग्वेले बोलिभियालाई पराजित गरेको छ।

बोलिभियाले सुरुवाती अग्रता जोगाउन नसक्दा पाराग्वेविरुद्ध ३–१ गोलको हार्न पुग्यो। एर्विन साभेद्राको गोलबाट बोलिभियाले खेलको १० औँ मिनेटमै अग्रता लिएको थियो। तर खेलको पहिलो हाफको थप गरिएको समयमा जाम क्युलर रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बोलिभिया १० खेलाडीमा सीमित बन्यो।

पहिलो हाफमा १–० ले पछि रहेको पाराग्वेले दोस्रो हाफमा मौकाको फाइदा उठाउँदै ३ गोल गर्न सफल बन्यो।

एन्जेल रोमेरोले ६५ औँ र ८० औँ मिनेटमा गोल गरे भने अलेजान्द्रो रोमेरो ६२ औँ मिनेटमा गोल गर्दै टोलीलाई ३–१ को जित सुनिश्चित गरे। यो जितसँगै समूह ‘बी’ को पाराग्वे शीर्ष स्थानमा उक्लिएको छ।

यसअघि आज बिहानको खेलमा यही समूहका अर्जेन्टिना र चिलीले १–१ गोल गर्दै अंक बाँडेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।