२ बर्षपछि फिफा बरियतामा नेपाल ३ स्थान माथि उक्लियो


     एभरेस्ट आवाज    
     असार २ गते २०७८ मा प्रकाशित




तस्बीरः एन्फा

फिफा वरीयतामा नेपाल १७१ औं स्थानबाट १६८ औं स्थानमा उक्लिएको छ।

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ३ स्थान माथि उक्लिएको हो।

अघिल्लो महिनाको वरीयतामा १७१ औं स्थानमा रहेको नेपाल जुनमा सार्वजनिक भएको नयाँ वरीयतामा नेपाल ३ स्थान सुधार गर्दै १६८ औं स्थानमा पुगेको हो।

सन् २०१९ पछि नेपाली टिमको वरीयतामा सुधार आएको हो। सन् २०१८ मा १६१ औं स्थानमा रहेको नेपाल त्यसपछि १७० औं स्थानमा झरेको थियो। त्यसमा पनि पछिल्लो एक बर्षदेखि १७१ औं स्थानमा नै थियो।

इराकसँगको मैत्रीपुर्ण खेलमा हार ब्यहोरेको नेपालले फिफा विश्वकप छनौटमा चाइनीज ताइपेईसँग २–० ले जितेको थियो। यस्तै, जोर्डनसँग ३–० को हार ब्यहोरेको नेपालले निकै बलियो टिम अष्ट्रेलियासँग पनि ३–० ले नै पराजित भएको थियो।

टिमले जोर्डन र अष्ट्रेलियासँग हारेपनि उसको प्रशंसा भने भएको थियो। आफूभन्दा माथिका टिमसँगको प्रदर्शनका कारणपनि नेपाली टिमको वरीयतामा फरक आएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।